झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन सुरुगरेको हो। समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए।

Your Ad Code Here

समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेको उनको भनाइ छ। उनले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुने बताए।

विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक सातवटा भन्दा बढी राख्न नमिल्ने उनको भनाइ थियो। उनले सबै पालिकाका मतदाताहरुलाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने बताए। मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफल समेत भइरहेको उनको भनाइ छ ।-रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग