झापा । लागूऔषध ब्राउनसुगरसहित श्रीमान९श्रीमती पक्राउ परेका छन् ।

प्रहरीले मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमतीलाई नियन्त्रणमा लिएको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग