काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवासँग पुष्पकमल दाहाल र माधवकुमार नेपालले गोप्य भेट गरेका छन् ।

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वयहरुले हिजो सभापति देउवासँग गोप्य भेट गरि सहकार्यको प्रस्ताव गरेको जनाइएको छ । प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति देउवासँग दाहाल नेपालले प्रस्ताव गरेका हुन् ।

Your Ad Code Here

दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेको बुझिएको छ । हिजो साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग