सप्तरी । नेपालमा उत्पादित विद्युत् निर्यातका लागि पहल अघि बढाइएको छ ।

जलस्रोतको प्रचुर सम्भावना रहेको नेपालमा उत्पादित विद्युत् निर्यातका लागि पहल अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।

Your Ad Code Here

भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत् विद्युत् उपलब्ध गराउन आह्वान गरिएको टेन्डर प्रक्रियामा प्राधिकरण पनि सहभागी रहेको प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए। प्राधिकरण २५ मेगावाट विद्युत् निर्यात गर्ने प्रस्ताव सहित टेन्डर प्रक्रियामा सहभागी भएको उनले बताए।

‘प्राधिकरणसँग जुन अतिरिक्त विद्युत् बाँकी रहन्छ त्यसलाई निर्यात गर्ने गरी पहिलो पटक विद्युत् नियमन आयोगसँग अनुमति लिएर २५ मेगावाट बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएका हौँ’ तिम्सिनाले भने। टेन्डर आह्वान अनुरूप सहमति हुन सकेको अवस्थामा मे महिनादेखि पाँच महिनालाई विद्युत् बेच्ने तयारी प्राधिकरणको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग