सिन्धुली । प्रचण्ड–नेपाल समुहको नेकपा सिन्धुलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ ।

प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनीधि सभा विघटन गरेपछि त्यसको विरुद्ध सडक संघर्ष गर्दै आएका नेकपाका नेता कार्यकर्ताहरु शुक्रबार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएका हुन् ।

Your Ad Code Here

नेकपाका नेता कार्यकर्ताहरु नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र बुझाएका छन्। प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लघंन गरी असंबैधानीक, अलोकतान्त्रीक एवंम स्वेच्छाचारी ढंगवाट प्रतिनीधिसभाको विघटन गरी प्रतिगामी कदम चालेपछि त्यसप्रति घोर आपत्ती प्रकट गर्दै विरोध पत्र बुझाइएको नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद राजन दाहालले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग