काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डको कामलाई प्रभावकारी बनाउन पदाधिकारीलाई निर्देशन दिएका छन् ।
सिंहदरबारमा मंगलबार आयोजित बोर्डको चौथो पूर्ण बैठकमा उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ सचेत गराएका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अरबौंको बजेट सदूूपयोग हुनेगरी प्रभावकारी काम गर्न बोर्डलाई आग्रह गरे। “विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न,” मन्त्री गुरुङले भने “विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाउनुहोला ।”
Copyright © 2026, All Rights Reserved | Developed By ProTech