गोरखा । गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा थालेको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर मंगलबार गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।

Your Ad Code Here

गोरखा दरबारको हनुमान भञ्ज्याङबाट आज यात्रा सुरु भएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताएका छन् । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज)का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती केसीले बताए ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुादै काठमाडौं पुग्ने पनि उन्ले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग