धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको भन्दै आज मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले पदमुक्त गरेको बताए।

Your Ad Code Here

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल पक्षका मुख्यमन्त्री भट्टले पदमुक्त गरिएको बुझिएको छ । बोहरा डडेल्धुराबाट तत्कालीन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

सात सदस्यीय मन्त्रीमण्डल रहेको यो प्रदेशमा बोहराले मात्र केपी ओलीलाई समर्थन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग