नेपालगञ्ज । नेकपाका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण नेकपामा यस्तो स्थिति आएको बताएका छन्।

नेकपाको दाहाल–नेपाल पक्षले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले सच्याउनुको विकल्प नभएको बताएका हुन् । उनले आफूहरुको माग नै संसद पुनःस्थापना भएको दोहोर्‍याए।

Your Ad Code Here

नेता भट्टराईले संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताए। उनले कार्यकर्ताबीच आफूहरु नै आधिकारिक नेकपा भएको बताए। पूर्वसभासद दलबहादुर सुनारले संसद पुनःस्थापनाको आन्दोलनमा जनतालाई उतार्न सबैसँग आग्रह गरे।

जिल्ला अध्यक्ष आइपी खरेलले असंवैधानिक कदम सच्चिनै पर्ने बताए। केन्द्रमा विभाजन देखिँदा बाँकेमा पनि गुटगुटका भेला हुन सुरु गरेका छन्। ओली पक्षीयले कोहलपुरमा भेला गरिसकेका छन्। -रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग