काठमाडौँ । उखु किसानको रकम भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने भएको छ ।

सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो । आइतबारदेखि काडमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको मागलाई सम्बोधन गर्न मङ्गलबार गृह मन्त्रालयमा बसेको सम्बद्ध मन्त्रीहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

Your Ad Code Here

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सहभागी थिए।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार उखु किसानको ६० करोड रुपियाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय भएको हो । मन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको जनाइएको छ ।

आन्दोलनरत पीडित किसानले भने रौतहट, सर्लाही र नवलपरासीमा सञ्चालित छवटा चिनी मिलबाट ९० करोड रुपियाँ भुक्तान हुन बाँकी रहेको जानकारी दिएका छन् । हाल बन्द रहेका चिनी मिल बिक्री गरेर भए पनि रकम पाउनुपर्ने माग किसानको छ । गृह मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिल, सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल, नवलपरासीको लुम्बिनी चिनी मिल, इन्दिरा सुगर मिल, बागमती खाँडसरी मिलले किसानको रकम भुक्तानी गर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग