सप्तरी (फत्तेपुर) । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू–भागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भु–भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Your Ad Code Here

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २६ गते
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक(दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

मंसिर २७ गते
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्कारबर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती: प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मंसिर २८ गते
दिउँसो: प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग