संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन्।

सोमबार बिहानैदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको ड्यामसाइट फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो। अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायत ड्यामसाइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ।

Your Ad Code Here

ड्यामसाइटका मजदुरले भौतिक पूर्वाधार कार्यालय संखुवासभाले निर्धारण गरेको दररेटअनुसार ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग