सिरहा । विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ।
सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको हो । स्थानीय बिरेन्द्र चौधरीको नाउँ मा दर्ता भई सागरमाथा एग्रीकलचर फर्ममा शनिबार राति ११ः४० मा विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।
आग्लागी बाट १०० सय पिस हास र दाना ,पिडर डिंकर १५ पिस सहित जलेर नस्ट भएको पीडित दिपेन्द्र चौधरीले बताए । फर्म केहि बर्ष अगाडि स्थानीयहरुको जग्गा १५ प्रन्द्र बर्षको लागि ५ बिगहा जग्गा भाडामा लिई संचालनमा ल्याएको थियो।
आगलागी बाट रु २,८१,९०० करिब दुई लाख एकासि हजार नौ सय बराबरको सरसम्मान पुर्ण रूपमा जलेर खरानी भएको पीडित दिपेन्द्र चौधरीले जानकारी दिए। आगलागी हुँदा सम्बन्धित वडाका अध्यक्ष हरिबंस महतो र ईलाका प्रहरी कार्यालय सुखीपुरलाई समेत जानकारी गराएका थिए।
चौधरीले गाउँमा ऋण कर्जा लिई फर्म संचालन गरेका छन्। चौधरीको फर्मबाट बार्शिक ३ लाख ५० हजार आम्दानी हुने गएको पीडितको छोरा दिपेन्द्र चौधरीले बताए । पीडित चौधरीलाई क्षेति पुर्तिको कहिँबाट पहल न भएको उनले दुःख ब्यक्त गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech