काठमाडौं । आज बस्ने नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।
ओलीनिकट स्रोत अनुसार आज धुम्बाराहीमा बस्ने भनिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने भएका हुन् । उनले हिजो बसेको सचिवालय बैठकमा स्थायी कमिटी नै काम छैन भनेका थिए ।
उनलाई बैठकमा सहभागी गराउने पहल भइरहेको बुझिएको छ । स्थायी कमिटीमा ओली अल्पमतमा छन् । उनका विरुद्ध बैठकले निर्णय गर्न सक्ने भएकाले सहभागी हुन मानेका छैनन् ।
तर, सचिवालय बैठकमा ओली र प्रचण्डले पेश गरी छलफल भएको प्रतिवेदन स्थायी कमिटीमा छलफलका लागि लगिदैछ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech