बारा । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको गस्तो टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्र्राउ गरेको हो । पचरौता नगरपालिका(७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Your Ad Code Here

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको टोलीले बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई चेकजाँच गर्दा उनीसँग सो रकम पाइएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग