काठमाडौं । नेपाल–भारत हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कोरोना भाइरस जोखिमका कारण लामो समयदेखि बन्द रहेको हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

Your Ad Code Here

मन्त्रिपरिषद्को बैठकले नै यस विषयमा निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट नेपाल–भारत हवाई उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले नेपाल भारत उडानका लागि अनुमति दिने तयारी भएको जानकारी दिए । बढीमा पनि अबको १० दिनभित्र उडान शुरू हुने मन्त्रालयको भनाइ छ ।

‘नेपाल भारत उडान गर्नेसम्बन्धी तयारी अन्तिम चरणमा छ । सुरक्षाका आवश्यक मापदण्ड अपनाएर यथाशीघ्र उडान शुरू गर्ने मन्त्रालयको तयारी छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग