सप्तरी (फत्तेपूर) । हाल देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुने महाशाले जनाउँदै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

Your Ad Code Here

साथै आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ । आज दिउँसो पनि देशभर मौसम सामान्यतया सफा रहने तथा रातीको मौसम पनि सामान्यतया सफा रहने जनाएको छ ।

मंसिर १६ गते मंगलबार राती गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू९भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ । त्यस्तै, बुधबार दिउँसो गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू९भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग