सप्तरी (फत्तेपूर) । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्ने बताएका छन् ।

आज कैलालीको लम्कीचुहामा लम्की–टीकापुर–खक्रौला सडकको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारभन्दा अहिलेको सरकार विकास र समृद्धिको लागि अनवरतरूपमा लागिपरेको बताए ।

Your Ad Code Here

मन्त्री भट्टले जनताको आशारभरोसाअनुसारका काम गर्न जनताको सरकार लागिपरेको बताउँदै सरकार कुनै पनि हालतमा नढल्ने र जनताका चाहनाबमोजिम काम गर्नेमा शङ्का नगर्न आग्रह गरे। हिजो देखेका सपना साकार गर्न तल्लीन रहेकाले केही समयमा सरकारका काम देखिने बताउँदै उनले यही सरकारको परिकल्पनामा निर्माणको क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाको काम सकिएर सञ्चालनमा आएपछि जनताले पनि सरकारको कामको गर्वका साथ प्रशंसा गर्ने दाबी गरे ।

मन्त्री भट्टले जनताले मत दिएर आफ्नो जिम्मेवारी पूरा भएको नसोची सरकारका गतिविधिमा चनाखोका साथ सल्लाह, सुझाव तथा सहभागिता देखाउनुपर्नेमा जोड दिंदै राज्यले परिकल्पना गरेका औद्योगिक क्षेत्र, बाटाघाटा, सुक्खा बन्दरगाह तथा बहुप्रतिक्षित पूर्वपश्चिम रेलमार्ग सञ्चालनका लागि पनि राज्य तदारुकताका साथ लागिरहेकाले यही सरकार समृद्धि यात्राको पाइलट भएको बताए।

देश अब औद्योगिक युगमा प्रवेश गर्ने बताउँदै उनले सरकारले राम्रो काम गरेको देख्न नचाहने र देशमा अस्थिरता चाहनेले जनता भड्काउन तल्लीन रहेको दाबी गरे । मन्त्री भट्टले पार्टीमा देखिएका केही समस्याका कारण नेकपा फुट्छ भनेर खुशी मनाउन तयार भएकालाई दुई अध्यक्षले निरास बनाउनुहुन्छ भन्ने कुरामा आफू ढुक्क भएको बताउँदै नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गफ गरेरभन्दा काम गरेर अघि बढ्ने कुरामा विश्वास राख्ने अहिलेको सरकार भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा देश विकासशील देशको सूचीमा पर्ने र त्यसैको थालनी स्वरुप विकास आयोजनाका काम अघि बढेको छ भने । रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग