जाजरकोट। जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना भएको छ ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

Your Ad Code Here

दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए । जीप चालक फरार रहेको प्रहरीले बताएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग