सप्तरी (फत्तेपूर) । सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती मन्त्रीपरिषद्को बैठकले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकल सगरमाथाको नयाँ उचाई घोषणा गर्न रषद्ले स्वीकृती प्रदान गरेको हो । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।
भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक वर्ष २०६४÷६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech