झापा । श्रीमानले खेतमा काम गरीरहेकी श्रीमतीको हत्या गरेका छन् ।
आइतबार साँझ दमक नगरपालिका-१ का चुडामणि भण्डारीले खेतमा काम गरीरहेको बेला श्रीमतीको हत्या गरेका हुन् ।
भण्डारीले खुकुरी प्रहारबाट टिकामायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
श्रीमतीको हत्यामा संलग्न भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech