काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन सबै सरोकार पक्षलाई आग्रह गरेका छन् ।

गृहजिल्ला ताप्लेजुङमा स्थानीय तहको साताव्यापी अवलोकन तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको पहिलो चरणको समापनका अवसरमा आज फुङ्लिङ नगरपालिकामा विभिन्न संघसंस्थाका प्रमुखसँग अन्तरक्रिया गर्दै उनले आगामी सन् २०२१ मा पनि बाह्य पर्यटक कम हुने देखिएकाले आन्तरिक पर्यटनवृद्धिका लागि प्रचार प्रसारमा जुट्न आग्रह गगरेका हुन ।

Your Ad Code Here

उनले ठूलै उत्साहका साथ आफू मन्त्री भएको तर कोरोनामा महामारीका कारण बनाइएका कतिपय योजना अपेक्षानुसार पूरा हुन नसकेको अनुभव सुनाएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग