Thursday, July 10, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

चरा र अर्नाको राजधानी कोशीटप्पु आरक्ष वरपर जनावरको त्रास


चरा र अर्नाको राजधानी कोशीटप्पु आरक्ष वरपर जनावरको त्रास

सप्तरी । गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गएको थियो ।

त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उनको हात्तीको आक्रमणबाट मृत्यु भएपछि बिहान घरनजिक शव भेटिएको थियो ।

एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोशीटप्पु वन्यजन्त आरक्षणको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जङ्गली जनावरको आक्रमणको चपेटामा परेको छ ।

प्रमोद र मोतीलालजस्ताको दैनिकजसो मृत्यु हुने गरेको छ । आरक्षणबाट आएका जङ्गली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान स्थानीयवासीमा छैन ।

जङ्गली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्छन् । राज्यले कुनै पहल नगर्दा उनीहरु त्यसै थाकेका छन् । आरक्षण प्रशासनले पनि कुनै सुनुवाइ अहिलेसम्म गरेको छैन ।

प्रमोद यादवको मकुना नामको हात्तीको आक्रमणमा परी मृत्यु भएपछि हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाइएको थियो ।

उक्त टोलीले हात्तीमा बढेको हर्मोनका कारण यस्तो अराजक भएको निष्कर्ष निकालेको थियो । सोही बमोजिम नै मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो ।

मकुनाको उत्तेजना कम भएको स्थानीयले महसुस गर्दैगर्दा सोमबार त्यही हात्तीको आक्रमणबाट मोतीलालको मृत्यु भएपछि स्थानीयवासीमा पुनः त्रास फैलिएको छ ।

गत मङ्सिर २९ गतेको यस घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जङ्गली जनावर पीडित सङ्घर्ष समिति बनाइएको छ ।

यहाँ आएको प्राविधिक टोलीसँग थप छलफल गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिए । अब पनि जङ्गली जनावरको आक्रमण रोक्न आरक्षणले कुनै पहलकदमी नगरे आरक्षण र स्थानीयवासीबीच ठूलो द्वन्द्व सिर्जना हुने उनको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ । स्थानीयले आरक्षण प्रशासनलाई पटक पटक द्वन्द्व निरुपणका लागि विशेष ध्यान दिन सचेत गराए पनि आरक्षण प्रशासनले उनीहरुको कुरा सुनेको छैन ।

चार वर्षमा ५२ जनाको मृत्यु

आर्थिक वर्ष २०७५\७६ देखि हालसम्म जङ्गली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरी जिल्लामा आठ जनाको मृत्यु हुनुका साथै सोही अवधिमा चौबीस जनाभन्दा बढी व्यक्ति घाइते भएको तथ्याङ्क छ ।

विसं २०७३ यता मात्र तीन जिल्लामा आरक्षणबाट निस्किएर आएका जङ्गली जनावरको आक्रमणबाट ५२ जनाको ज्यान गएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए ।

बाइस जनाको त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उहाँले जानकारी दिनुभयो । उनका अनुसार कोशी गाउँपालिकाको वडा नंं ३, ५, ६,७, ८ जङ्गली जनावरबाट पीडित छन् ।

यसैगरी उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरु मधयवर्ती क्षेत्रमा पर्छन् । ती क्षेत्रका स्थानीयवासी बर्षौंदेखि हात्तीलगायतका जङ्गली जनावरबाट पीडित छन् ।

मण्डलका अनुनसार कोशी गाउँपालिकामा मात्र ढेड वर्षको अवधीमा एक सय ५० जना भन्दाबढी घाइते भएका छन् । करोडौँको बालीनाली क्षती भएको छ । उक्त सङ्घर्ष समितिको बैठक बसी प्रमुख जिल्ला अधिकारी र वार्डेनमार्फत् यहाँको धनजनको क्षति र समस्याबारे केन्द्रीय सरकारलाई ज्ञापन पत्र पठाउने काम भएको उहाँले जानकारी दिए । अब पनि आरक्षण स्थानीयवासीप्रति जिम्मेवार नभए सङ्घर्षका कडा कार्यक्रम शुरु गर्ने मण्डलले चेतावनी दिए ।

आरक्षण प्रशासनको लापारवाही

हात्ती आक्रमण रोक्न आरक्षण प्रशासनले कुनै ठोस कदम नचाल्दा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको कोशी गाउँपालिकाकाले जनाएको छ । उता पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतङ्कित बनाउने क्रम रोक्न आरक्षण प्रशासनले कुनै ठोस पहल गरेको छैन ।

त्यही भएर यहाँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयवासीको सुरक्षाका लागि आरक्षण प्रशासन पनि जिम्मेवार हुनुपर्ने यहाँका स्थानीयको भनाइ छ ।

मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतङ्कित बनाउने हात्ती कहाँ छ भनेर थाहा पाउने हात्तीको लोकेसन ट्रयाक गर्न २०७४ मङ्सिर १५ गते आरक्षणले रेडियोकलर जडान गरेको छ ।

उक्त रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ । तर मानवबस्तीमा पसेको जानकारी आरक्षणलाई थाहा हुँदासमेत बेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको सो गाउँ पालिकाका अध्यक्ष बताएका छन् ।

यता मकुना हात्तीले उपद्रो गरेको र मानव बस्ती जानबाट रोक्नका लागि हात्तीको खुट्टामा चेन लगाइने उपायकाबारे विभागमा मङ्सीर ६ गते नै पत्र पठाएको आरक्षणका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए ।

सानो क्षेत्र हुनु पनि समस्या

सुनसरी, सप्तरी र उदयपुर तीन जिल्ला गरी आरक्ष १७५ वर्ग किमी फैलिएको छ । यहाँ रहेका जङ्गली जनावरको सङ्ख्याअनुसार यो भूगोल अत्यन्तै न्यून हो ।

सानो क्षेत्रफलमा हात्ती, बदेल, अर्नालगायतका जङ्गली जनावरको सङ्ख्या ठूलो हुँदा ती जनावर मानवबस्ती प्रवेश गरेर उपद्रो गर्ने गरेको आरक्षणका वार्डेन चौधरी बताए ।

उनका अनुसार मकुना हात्ती विगत १० वर्षदेखि आरक्षणमा बस्दै आएको बेला आरक्षण बाहिर निस्किएर उपद्रो गर्ने गरेको छ । केही दिनदेखि मकुना ‘मतुवा’ भएर मानिसलाई आक्रमण गर्न थालेको उनको भनाइ छ ।

विज्ञटोली आरक्षणमा

मङ्सिर २९ को घटनापछि मकुनालाई मत्थर पार्ने सुई लगाइएको थियो । केही मत्थर भएको भनिए पनि १५ दिनपछि पुन मानवबस्तीमा पसी सोमबार आक्रमण गरे पछि उक्त मकुना हात्तीलाई कसरी नियन्त्रणगर्ने भन्ने विषयमा अध्ययन गर्न राष्ट्रिय निकुञ्ज विभागका हात्ती विज्ञ अशोक रामको नेतृत्वको टोली आरक्षण पुगेको थियो ।

उनीहरुसँगै राष्ट्रिय प्रकृतिक संरक्षण कोष चितवनका पशु प्राविधिक टोली पनि आई मकुना हात्तीको अध्ययन शुरु गरेको वार्डेन चौधरीले जानकारी दिए ।
दश वर्षदेखि मकुनाले स्थानीयलाई हैरानी दिएपछि यस अघि स्थानीय प्रशासनसहितको निर्णयले मकुनालाई मार्नु पर्ने निष्कर्ष निकालेको थियो ।

तर उक्त निष्कर्षको विरोध भए मकुनालाई उत्तेजित बनाउन हर्मोन कम गर्ने सुई लगाएर राखिएको थियो । फेरि गाउँ पसेर उपद्रो गरेपछि मकुनाबारे थप अध्ययन गर्न विज्ञटोली आरक्षण मगाइएको हो । ‘‘विज्ञटोलीले जे सल्लाह दिन्छ त्यही अनुसार आरक्षले निर्णय गर्छ । हामी पनि स्थानीयको समस्याप्रति चिन्तित छाँं’’–वार्डेन चौधरीले भनेका छन् ।

चरा र अर्नाको राजधानी कोशीटप्पु आरक्ष

कोशीटप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र मानिन्छ । विसं २०३२ मा स्थापना भएको आरक्ष सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको थियो । यो नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ ।

चौधरीका अनुसार आरक्षमा विभिन्न ५३१ प्रजातिका चरा, ५४१ को सङ्ख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फिनसमेत पाइन्छन् । यहाँ बदेल, हरिण, मृग, हात्तीलगायतका जनावर रहेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षण चरा र अर्नाको राजधानीका रुपमा चिनिएको छ ।

राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइबेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन् । यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ ।

अर्ना र चराहरुका लागि प्रसिद्ध मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको तथ्याङ्क रहेको छ । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्षण अवलोकन गरेको आरक्षका वार्डेन चौधरीले जानकारी दिएका छन् ।-रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM
कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन
banner News

कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

10 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

10 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

10 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि