काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली संस्कृतिमाथिको अतिक्रमण रोक्न आग्रह गरेका छन् ।
पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरूलाई एक भएर लाग्न मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक भट्टराईले आग्रह गरेका हुन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठकको समापन कार्यक्रममा धारणा राख्नुहुँदै मन्त्री भट्टराईले सो आग्रह गरे। देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्गलाई संवेदनशील हुन समेत उनले आग्रह गरे ।
नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकभन्दा कम नभएको भन्दै मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध गरे। प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको जीवनमा प्राज्ञ सभाको विशिष्ट भूमिका रहने बताए।
तपाईको प्रतिक्रिया