काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाइ बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।रासस
तपाईको प्रतिक्रिया