रुपन्देही । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गरेका छन् ।
प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा गरेको पत्रकार भेटघाटमा डा. महतले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गरेका हुन् ।
उनले मध्यावधि निर्वाचनबाट मात्र मुलुकले निकास पाउने भन्दै मुलकलाई निकास दिने भए सबै दल मध्यावधि निर्वाचनमा जान तयार हुनुपर्ने बताए । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उनको आरोप छ । उनले निकासको लागि कांग्रेसले भूमिका खेल्नु पर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेस ठूलो शक्ति हुने दावी गर्नुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले वर्तमान सरकारको आर्थिक दृष्टिकोण प्रष्ट नहुँदा आर्थिक क्षेत्र धरासायी भएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया