काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको पक्षमा लागेर केही उपलब्धि नहुने बताएका छन् ।
एमाले संसदीय दलको आज बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकताको पक्षमा लागेर केही उपलब्धि नहुने बताएका हुन् ।
उनले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह गरेका छन् । उनले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गर्दै एमाले अहिले स्पष्ट रुपमा दुई समूहमा विभाजित भइसकेको बताए ।
‘एकताको पक्षमा लागेर केही हुन्न । उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला । अब त्यता नलाग्नोस्,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने । संसदीय दलको बैठकमा पुगेका गौतमलाई ओलीले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया