काठमाडौँ । जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले आफूलाई बद्नाम नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै यादवले आफूलाई बद्नाम नगर्न आग्रह गरेका हुन् । उनले रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाउन आग्रह गरे ।
संविधान संशोधन, रेशम चौधरीको रिहाईको मुद्दा उठाउँदा सरकारमा आउनुस् भनेर आग्रह गर्ने गरिएको बताए । उनले अघि भने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’
चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताए । सरकारमा जान संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेको उनले बताए ।
तपाईको प्रतिक्रिया