काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गर्ने भएका छन् ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रम मात्रै रहेको छ ।
तपाईको प्रतिक्रिया