नयाँ सत्ता समीकरणको विषयमा मतभिन्नता रहेको भनिएको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बिहीवार डाकिएको बैठक स्थगित भएको छ। नेता राजेन्द्र महतोले ‘गृहकार्य नपुगेकाले’ बैठक स्थगित भएको बताए।
अर्का नेता गङ्गानारायण श्रेष्ठले स्थगनको सूचना पाउनुअघि उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सरका विस्थापित गर्ने विषयमा पार्टीले एउटा धारणा बनाउन सक्ने जानकारी दिएका थिए। कतै सत्ता समीकरणलाई लिएर घर झगडा हुने भएकाले त स्थगित भएको त होइनरु महतोले हाँस्दै भने, ‘होइन, होइन। त्यस्तो होइन।’ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा पुनर्स्थापना भएदेखि नै ओलीको विकल्प खोजिने बताउँदै आएको छ।
उक्त पार्टीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिन सकिने बताउँदै आएका छन्। तर त्यसको निम्ति जसपाको सहयोग अनिवार्य आवश्यक हुन्छ। तर जसपाले किन मुख खोलिरहेको छैनर? महतोले माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र कांग्रेसले समर्थन नमागेको भन्दै आफूहरूले हतारो नगरेको बताए। आफ्ना मुद्दा सम्बोधन गराउन तीनवटै पार्टीसँग वार्ताहरू भइरहेको उनले बताए।
तर उनकै दलका नेता बाबुराम भट्टराले ट्वीट गरेका छन्, ‘आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है! त्यसैले नयाँ सत्ता समीकरणको साँचो जसपाको हातमा रहेको कतिपयले ठानेका छन्। तर जसपा नेताहरूले ‘सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नलिएकाले ओलीलाई र सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार नभएकाले माओवादी केन्द्र र कांग्रेसलाई आफ्नो समर्थनको खाँचो नै नरहेकोु बताउने गरेका छन्।
जसपा नेता केशव झा भन्छन्, ‘खास कुरा नबुझेका कारण जसपाले गर्दा नयाँ सरकार नबनेको भन्ने बुझाइ बाहिर पाइन्छ, त्यस्तो होइन।’ उनले आफूहरूले चाहेर केही हुने अवस्था नरहेको बताए। झाले भने, ‘जसले हाम्रो माग पूरा गर्छ उसलाई साथ दिने हाम्रो नीति हो।’ प्रतिनिधिसभा पुनर्स्थापना भएपछि कांग्रेसले ओली र प्रचण्ड दुवै पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव पाउने विश्लेषण गरिएको थियो। सत्ताको निम्ति सधैँ हतारो गर्ने भनि आलोचना खेप्ने गरेको कांग्रेस भने यति बेला सरकार गठनको निम्ति अग्रसरता लिएको देखिँदैन।
सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकका अनुसार सरकार बनाउन माओवादीले कांग्रेसलाई प्रस्ताव गरेको छ। ‘तर जसपाको समर्थनबिना सरकार बन्दैन,’ लेखकको विश्लेषण छ,’त्यसैले सरकार बनाउने भनेर हाम फालिहाल्ने अनि नबन्ने स्थिति भयो भने कांग्रेसका लागि कांग्रेसकै कतिपय नेताहरूले भने सभापति देउवाको मौनताका कारण ओली सरकारको आयु लम्बिएको बताउने गरेका छन्। तर नेता लेखकका भनाइमा नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बन्ने सुनिश्चितताको पर्खाइमा छ। ‘अविश्वास प्रस्ताव अघि बढाउनुअघि सुनिश्चितता हेर्नुपर्ने हुन्छ, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम कांग्रेसले गर्दैन,’नेता लेखकले बताए।
कांग्रेसले आफूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा जसपाले प्रधानमन्त्रीलाई साथ दिन सक्ने जोखिम देखेको पाइन्छ। तर ओली नेतृत्वको सरकारसँग निकटस्थ खेमा हाबी रहेको भनिएको दल जसपाका कतिपय नेताहरू आफूहरूले प्रधानमन्त्री ओलीलाई साथ दिने अर्को विकल्प पनि जोखिममुक्त नरहेको बताउँछन्। विवाद बढ्दै गएर एमालेकै असन्तुष्ट समूह प्रधानमन्त्रीविरुद्ध लाग्ने अर्को सम्भावना रहेको उनीहरूको बुझाइ छ। विपक्षमा रहेका दलहरूका आआफ्नै खालका जोखिम र अविश्वासका कारण प्रधानमन्त्री ओलीको सत्तायात्रा भने लम्बिँदै गएको छ।-बीबीसी
तपाईको प्रतिक्रिया