काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको बुधबार बसेको बैठकले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको जनाएको छ । आंशिकतर्फ आठ हजार ८२३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा केन्द्रले जानकारी दिएको छ । परीक्षामा अङ्कनतर्फ ७८.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
उक्त परीक्षामा दुईजना परीक्षार्थीको परीक्षा रद्द गरिएको रपरीक्षामा तोकिएको भन्दा कम पूर्णाङ्कमा परीक्षा दिलाउने ५ वटा विद्यालयका परीक्षार्थीहरुको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया