वीरगन्ज । वीरगन्ज सहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु बिहीबारदेखि औपचारिक रुपमा खुल्दैछ ।
कोरोनाका कारण चैत १० गतेदेखि बन्द रहेका वीरगन्ज सहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु बिहीबारदेखि औपचारिक रुपमा खुल्ने भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड-९ व्यवस्थापन केन्द्र (सिसिएमसी)को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय गर्ने जानकारी दिए।
यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज सहित दशेभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको जानकारी गराएको थियो। तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्जमा भने सरकारको निर्णय हालसम्म पनि कार्यन्यवनमा आएको छैन।
तपाईको प्रतिक्रिया