काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् ।
बुधबार झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले अध्यक्ष ओली पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको गम्भिर आरोप लगाएका हुन् ।
उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको बताए । ‘केपी ओलीले जुन ढंगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ’ उनले भनेका छन् ।
साथै उनले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्नेसमेत बताए ।
तपाईको प्रतिक्रिया