काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ।
ललितपुरको हेरिटेज गार्डेनमा नेपाल र खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज हुने जनाइएको हो । आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ ।
भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् । देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्।
तपाईको प्रतिक्रिया