काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले ३ प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् ।
सांसद पन्तले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएका नेपालीबारे छलफल गर्न माग गर्दै ३ प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी हुन् ।
प्रस्तावमा रोजगारी सिर्जना, तालिम, सहुलियत ऋण तथा बजार सुनिश्चित गर्न स्पष्ट मार्गचित्र बनाउन सरकारलाई झक्झक्याउन संसदले पहल गर्न अत्यावश्यक भएको उल्लेख छ । साथै उनले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि संकल्प प्रस्ताव समेत दर्ता गराएकी छन् ।
कोरोना महामारीका कारण भएको लकडाउनका बेला बालबालिका र महिलाहरू बढी असुरक्षित भएको जनाउँदै सांसद पन्तले अर्को ध्यानाकर्षण प्रस्ताव संसदमा दर्ता गराएकी छन् । जसमा हिंसा न्युनीकरण र थप संकट आउन नदिन संसदले सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य रहेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया