काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने संकेत गरेका छन् ।
बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत गरेका हुन् ।
‘उनले एउटै पार्टीमा बसेर अराजकता, विधि विधान विपरीतका क्रियाकलापमा छुट हुने छैन र मान्य हुने छैन ।अचाक्ली भयो । भाडभैलो मच्चाउने काम हुन सक्दैन,’ उनले भने, ‘ अनुशासनहिन भयो भने पार्टिको विधान छ, संसद नियमावली छ । दलसम्बन्धी कानुन छ । यी सबैको ध्यानाकर्षण गर्न चाहन्छु । मनपरी हिड्न कसैलाई छुट हुँदैन । कोही पनि कानुभन्दा माथि कोही हुँदैन ।’ भनेका छन् ।
उनले खनाल–नेपाल समूह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको पनि बताए । ‘एक ढंगले पार्टी फुटाइएकै थियो । अध्यक्ष्लाई कारबाही गरिएको थियो । महासचिवलाई हटाएको थियो । बाटै बाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो । जंगलको राज चलाउने विधि पद्धतीका कुरा गर्ने ?’
तपाईको प्रतिक्रिया