काठमाडौं । एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चियापान कार्यक्रम वहिष्कार गरेका छन् ।
नेता नेपालले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम वहिष्कार गरेका हुन् ।
नेपाल समुहले राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका छन् । चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ ।
एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम रहेको जनाइएको छ । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया