काठमाडौं । जनता समाजवादी पार्टीको बैठक बस्ने भएको छ ।
आज दिउँसो २ बजे बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको पदाधिकारी बैठक बस्ने जनाइएको हो ।
नेता अशोक राईका अनुसार बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने बताएका छन् । आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी रहेको जनाइएको छ ।
पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।
तपाईको प्रतिक्रिया