सप्तरी । राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न भएको छ ।
देशभरका ४ सयभन्दा बढि दलित समुदायका पत्रकारहरुको सहभागितामा संघको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न भएको हो । सम्पन्न महाधिवेशन फागुन २८ देखि चैत्र १ गतेसम्म बुटवलमा भएको थियो ।
महाधिवेशनबाट संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडीको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, उपाध्यक्ष खुल्लातर्फबाट मिलन परियार र महिलातर्फबाट कमला रसाइली निर्वाचित भएकी छन् ।
त्यसैगरी १ देखि ७ प्रदेशबाट उपाध्यक्षहरुमा क्रमशः पर्वत पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा, दिपक परियार, टेकेन्द्र विश्वकर्मा, करन ताम्राकार र विनोद परियार निर्वाचित भएका छन् । त्यस्तै संघको महासचिवमा लक्ष्मण दर्नाल, सचिवहरुमा समावेशी तर्फबाट सन्तोष गन्धर्व, विरु नेपाली, रीता बुढाथोकी र सिकेन्द्र पासवान चयन भएका छन् भने कोषाध्यक्षमा भिमबहादुर घिमिरे चयन भएका छन् ।
त्यसैगरी खुल्लाबाट केन्द्रीय सदस्यहरुमा तारा लामगादे, बसन्त विश्वकर्मा, किसान संगित, सावित्री रसाइली, सरीता बराइली र राजेश सुनाम निर्वाचित भएका छन् । समिति २ वर्षसम्म रहनेछ । महाधिवेशनमा दलित समुदायका पत्रकारहरुको हक, हित र अधिकार प्राप्तिका लागि १२ बुँदे बुटवल घोषणा पत्र समेत जारी गरिएको छ ।
तपाईको प्रतिक्रिया