काठमाडौं। नेता रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल बिचको वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का नेता नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा जारी वार्ता सकिएको छ । वार्तास्थलबाट नेताहरु बाहिर निश्कएका छन् ।
वार्ताबारे जानकारी दिदै नेता पन्तले ‘सकारात्मक रुपमा वार्ता भयो , हामीले आआफ्ना अडान राख्यौं, अध्यक्ष कमरेडले त्यसलाई सकारात्मक रुपमा अगाडि बढाउने आशा लिएका छौं ।’ भनेका छन् ।
तपाईको प्रतिक्रिया