काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीले पनि नेपालको विकासलाई रोक्न नसकेको बताएका छन् ।
शनिबार एमाले निटक महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीले पनि नेपालको विकासलाई रोक्न नसकेको बताएका हुन् ।
उनले भने, ‘कोभिडको महामारीले नेपालको विकासमा रोक्न सकेन । विरोधीहरुले प्रतिरोध गरे पनि विकासमा रोक लागेन । मेलम्चिको पानी अब केही दिनमै सबैको धारामा आउँछ ।’साथै विकसित देशको तुलनामा नेपालमा महिलाको सहभागी दुई गुणाले बढेको पनि उनले बताए ।
३३ गुणाको संख्याको सहभागिता पूर्ण रुपमा कार्यान्वयनमा आएर यति छोटो समयमा महिलाको सहभागिता बढ्नु खुसीको कुरा रहेको उनको भनाइ छ ।महिला समाज परिवर्तनका निम्ति विभिन्न आन्दोलनमा सशक्त ढंगले जागरुक भएको पनि उनले बताए । महिलाको उक्त जागरणलाई अझ अगाडी बढाउनुपर्ने बताउदै यसका लागि थप हौसला प्रदान गर्ने बताए ।
तपाईको प्रतिक्रिया