काठमाडौं । नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना नरहेको बताएका छन् ।
आफ्नो समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना नरहेको बताएका हुन् । उनले ‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, सर्वोच्च अदालतले त्यो फैसला स्वीकार गर्ने बताए ।
उनले प्रतिनिधिसभा पुनर्स्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको भन्दै आगामी निर्वाचनमा नेकपा ओली समूले बहुमत ल्याउने दावी गरेका छन् ।
त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह चुनावसँग डराइरहेको पनि उनले बताए । निर्वाचन आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने पौडेलले बताए ।
तपाईको प्रतिक्रिया