काठमाडौँ । अधिवक्ता टीकारामे भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संविधानलाई धुजाधुजा पारेको बताएका छन् ।
आज संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भएको बहसमा अधिवक्ता भट्टराईले प्रधानमन्त्री ओली संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय अभ्यासलाई धुजाधुजा पारेको बताएका हुन् ।
रिट निवेदकका तर्फबाट भाग लिँदै अधिवक्ता भट्टराईले संसदका दुई अधिवेशनबिच ६ महिना भन्दा बढिको फरक हुन नुहुने भए पनि प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद नै भंग गरेको बताए ।
साथै उनले प्रधानमन्त्रीले अदालतमा दिएको लिखित जवाफले अदालतकै समेत अपमान भएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया