झापा । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लीएको जाइएको हो । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं। ३ स्थित बेलडाँगी बुद्ध टोलका २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु तथा सुनसरीको धरान उपमहानगरपालिका९१७ का २४ वर्षीय अरुण सुब्बा लिम्बु रहेका छन् ।
बुद्धटोलबाट पक्राउ परेका तामाङ र लिम्बुको साथबाट १ ग्राम ६ सय मिलिग्रामसहित ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी नविन लिम्बु र अरुण सुब्बाको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद भएको छ ।
तपाईको प्रतिक्रिया