सप्तरी । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ ।
वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।
पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए । नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले जानकारी दिए ।
वनका अनुसार राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ । नगरपालिकाका इञ्जिनीयर पङ्कज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उनका अनुसार रु दुई करोड ३९ लाख ९२ हजार २७० को लागतमा पुल निर्माण गरिएको हो । रासस
तपाईको प्रतिक्रिया