काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि एक विज्ञप्ति प्रकाशन गरी सभापति देउवाले आग्रह गरेका हुन् ।
कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया