झापा । लागूऔषध ब्राउनसुगरसहित श्रीमान९श्रीमती पक्राउ परेका छन् ।
प्रहरीले मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमतीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया