काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी छन् ।
२९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति राष्ट्रपति भण्डारीले श्रद्धासुमन अर्पण गरेकी हुन् ।
यस अवसरमा उनले देश विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको बताईन् । विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो ।
राष्ट्रपतिले भनेकी छन् । ‘‘बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्य हो, यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चित छ ।’’
तपाईको प्रतिक्रिया