काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफुहरु निर्वाचनमा जान तयार रहेको बताएका छ ।
अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने सभापति देउवाले बताएका हुन् ।
नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद उपाध्यायका बारेमा प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तकको आइतबार राजधानीमा लोकार्पण गर्दै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पारेका छन् ।
उनले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड दिएका छन् । सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गरदै , “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।” भनेको छ ।
तपाईको प्रतिक्रिया