काभ्रे । गौरीशंकर ग्याँस उद्योगमा ग्यास लिक भएर विस्फोट भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योगको भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बिस्फोट भएको हो ।
बिस्फोट हुँदा तीनजना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताएका छन् । उनका अनुसार शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्यास लिक भइ बिस्फोट भएको थियो ।
घाइतेमध्ये गम्भिर बनेपा–१३ का ५५ वर्षीय लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारका लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ । बिस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० वर्षीया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया